१४ औं पोखरा महोत्सवको तयारी तीव्र
पाेखरा | पुस ९, २०८२
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो ।
महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन ।
सो अवसरमा बोल्दै महोत्सव सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने बताए । क्लबले गरेको सामाजिक कामको उपलब्धिलाई प्रस्टयाउने गरि महोत्सवमा देखाउन आवश्यक रहेको बताउदै केसीले विभिन्न सरकारी नियकासंग सहकार्य गरेर सेतीनदी संरक्षणका लागि समेत काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै अमरसिंह माविका निमित्त प्रध्यानाध्यापक सुदिप आचार्र्यले महोत्सवमा विद्यार्थी आकर्षणका लागि विद्यार्थीले निर्माण गरेका सामाग्री प्रदर्शनलाई समेत समेट्नुपर्ने सुझाव राखे । अर्का सल्लाहकार टीका बहादुर कार्कीले महोत्सव स्थल संधै रहन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने वताउदै आफू विभिन्न संघ संस्थामा आवद्व भएकाले अन्य संघ संस्थाहरु संग समेत सहकार्य र समन्वय गरेर अगाडि वढ्न आग्रह गर्दै पोखरालाई चिनाउने गरि काम गर्न जोड दिए ।
स्थानीय सरकारले चासो नदिएको सन्दर्भमा महानगरलाई अपनत्व गराउने गरि काम गर्नतर्फ सम्पुर्ण लाग्नुपर्नेमा उनको जोड रहेको थियो । शंकरनाथ पौडेलले लेखनाथ भन्दा उत्कृष्ट महोत्सव पोखरा महोत्सव भएको बताए ।
राज्यलाई झक्झक्याउने महोत्सव पोखरा महोत्सव भएको वताउदै १४ औं संस्करणको महोत्सवमा लेखनाथ क्षेत्रमा रहेको चिडियाखाना झल्काउने गरी प्रदर्शनीको कार्यक्रम संगै क्लबले अहिले सम्म शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा गरेका कामलाई उजागर गर्न आवश्यक रहेको बताए ।
राम बहादुर पौडेलले वातावरण मैत्रि ढंगले महोत्सव सञ्चालन गर्न आवश्यक रहेको बताए । महोत्सवको पुर्वसन्ध्यामा सरसफाई कार्यक्रमको तय गरेर कार्यक्रमको अगुवाई गर्ने उनले प्रतिवद्धता जनाए ।
माधव गौतमले पोखरा महोत्सवमा ३३ वटै वडाबाट समावेस गर्न सके पोखरा महोत्सवको अपनत्व वढ्ने वताए । बलराम ढुंगानले पोखरा महोत्सव सम्पन्न गर्नु सवैको दायित्व भएकाले सम्पुर्णले आआफनो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।
ईन्दिरा पन्तले पोखरा पर्यटकीय राजधानि संगै साहित्यको राजधानि भएकाले महोत्सवमा साहित्यको कार्यक्रमलाई जोड्नसके महोत्सवमा रौनकता थपिने बताइन । राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्कने खालका कार्यक्रम ल्याउन सुझाव दिए । सन्तोष सिग्देलले आकर्षक कलाकार ल्याउन सके महोत्सवमा दर्शकको समेत आकर्षण बढ्ने बताए । लिलाधर अधिकारीले पार्किङको समस्यालाई समाधान गर्न आवश्यक रहेको बताए ।
सुवेदार जस बहादुर गुरुङले महोत्सवको उद्घाटनमा आयोजना गरिने झांकी र्यालिलाई ब्यवस्थापन गर्न आवश्यक रहेको बताउदै अमरसिंह स्कुलका संस्थापक मेजर विरसिंह र जग्गादाता देवराज घिमिरेलाई समेत महोत्सवमा स्मरण गर्न आवश्यक रहेको बताए । माधव घिमिरेले महोत्सवलाई सकारात्मक र नकारात्मक रुपमा लिदै स्कुलको मैदान संरक्षणमा समेत लाग्नुपर्नेमा जोड दिए ।
राजेन्द्र बहादुर कार्कीले १४ ओैं पोखरा महोत्सवमा समाजकल्याण परिषदको तर्फबाट सहयोग गर्ने बताए । अनिल थापाले क्लवले गरेको कामलाई उजागर गर्न नसकेको वताउदै १४ ओैं पोखरा महोत्सवमा उजागर गर्नतर्फ जोड दिए । गोविन्द घिमिरेले महोत्सव स्थलको विकल्प आवश्यक रहेको बताए ।
पवित्रा देवी गुरुङले युनाइटेड क्लवले अनुभव संगालेर अगाडि बढेको युनाईटेड क्लव र पोखराबासी मिलेर अमरसिंह चौरको संरक्षण गर्न आवश्यक रहेको बताईन ।
१४ ओैं पोखरा महोत्सवका मुल समारोह संयोजक लोक बहादुर थापाले महोत्सवलाई सभ्य रभब्य वनाउन सम्पुर्णको साथ र सहयोग आवश्यक रहने बताए ।
संस्थापक अध्यक्ष हिमालय बख्रेललले महोत्सवका सल्लाहकारहरु ब्याकबोन भएकाले सल्लाहकारको सललाहलाई कार्यान्वयन गरेर लैजाने बताए । पोखरा महोत्सवकै कारण पोखरा खुल्ला चिडियाखानाको अभियनता युनाईटेड क्लवनै रहेको र अवको गन्तव्य आवाशिय छात्राबास रहेको उनको भनाइ रहेको थियो ।
सरकारी विद्यालय बन्द भईरहेको सन्दर्भमा अर्चलेमा रहेको सामुदायिक विद्यालय संग समन्वय गरेर छात्राबास सञ्चालन गर्ने र छात्राबास संगै क्लबले उत्पादनलाई समेत जोडेर लैजाने गरि कृषि परियोजना समेत सञ्चालन गरेर लैजाने बख्रेलले बताए ।
कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिएभने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सल्लाहकारहरु रामजी प्रसाद बास्तोला, गुप्त बहादुर कार्की लगायतले आ आफ्नो धारणा राखेका थिए ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

